‘जुनियर मोडल एण्ड सुपर ग्लोब’मा भाग लिन थाइल्याड उडे सौगात, आरभ र कृतज्ञ

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । थाइल्याण्डमा आयोजना हुने बालबालिका सम्बन्धि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘जुनियर मोडल एण्ड सुपर ग्लाब इन्टरनेशनल २०२४’मा नेपालबाट सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डंगोल सहभागी हुने भएका छन् । बंैककमा आयोजना हुने प्रतियोगीताकमा सहभागी हुने तीनै प्रतियोगी मंगलबार अबेर साँझ थाइल्याण्ड उडेका छन् । सौगात टिन (१३ देखि १५ बर्ष), आरभ गौतम प्रिन्स (८ देखि १०बर्ष) र कृतज्ञ प्रि–टिन (१०देखि १२ बर्ष) समुहमा प्रतिनिधित्व गर्नेछन् । विश्वका २० बढी राष्ट्रका बालबालिका सहभागी हुने प्रतियोगितामा नेपाली बालबालिकाले नेपालको भेषभुषा र कलासंस्कृति समेत प्रदर्शन गर्नेछन् । शैक्षिक टुर, बिभिन्न मनोरञ्जनात्मक गतिबिध सहित आयोजना हुने प्रतियोगीतामा नेपालको तर्फबाट कलासंस्कृति झल्कने प्रर्दशनी समेत आयोजना हुनेछ । प्रतियोगीमा सहभागी बालबालिकालाई मोटिभेसनका लागि उनीहरुसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु सहभागी छन् । सौगात, आरभ र कृतज्ञ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२४’का विजेता हुन् । प्रतियोगितामा सहभागी नेपाली बालबालिकाको फेसन कन्सेफ्ट फेसन डिजाइनर श्रीषा बैदारको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *