बबिताको उत्ताउलो जवानी सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । म्युजिक भिडियो निर्देशनमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ कोशुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको प्रमूख आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । गायिका अन्नु चौधरी र संगीतकार स्वयं सिडि विजय अधिकारीको स्वर रहेको गीतको भिडियोमा सागर लम्साल ‘बले’ , गृष्मा पौडेल र अलिसा शर्मा लगायतले अभिनय गरेका छन् । कथानक चलचित्रहरुमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको गीतले दर्शकहरुको मन सजिलै जित्न सकिने विश्वास निर्देशक बबिता श्रेष्ठले लिएकी छन् । नृत्य निर्देशन रोशन विश्वकर्मा, शब्द सुजन कोइराला, संगीत सिडि बिजय अधिकारीको रहेको गीतको भिडियो उत्तम हुमगाईंले खिचेका हुन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *