काठमाडाैँ – नेकपाको महासचिवमा पुन: नेत्र विक्रम चन्द ‘विप्लव’ चयन भएका छन् । कपिलवस्तुमा सम्पन्न नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा गरिएको सो पार्टी निकट स्राेतले जनाएकाे छ ।
असोज २५ गतेदेखि चलेको महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति समेत गठन गरिएकाे छ । साथै साे महाधिवेशनबाट विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।
Facebook Comments Box