गठबन्धनको निष्कर्ष: राष्ट्रपतिको कदमबाट संसदको घोर अपमान

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- सत्तारूढ गठबन्धनले राष्ट्रपतिकाे कदमबाट जनताले निर्वाचित गरेकाे संघीय संसदकाे घाेर अपमान र अवमूल्यन भएकाे निष्कर्ष निकालेकाे छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। ‘राष्ट्रपतिकाे याे गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेकाे संघीय संसदकाे घाेर अपमान र अवमूल्यन भएकाे छ। राष्ट्रपतिकाे याे कदमविरुद्ध सचेत रहन संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर, सबै राजनीतिक दल,  नागरिक समाज,  बाैद्धिक समुदाय,  सञ्चारजगतलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा याे बैठक आह्वान गर्दछ’, गठबन्धनले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ।

संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा सत्ता गठबन्धनमा छलफल भएको थियो।राष्ट्रपतिले साउन २९ गते सन्देशसहित प्रतिनिधिसभामा फर्काइदिएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पास गरेको थियो।

भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए। संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन्।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *