जेष्ट आइडियोलोजी बचतको अध्यक्षमा कार्की

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लि. को हालै सम्पन्न तेह्रौं बार्षिक साधारण सभाले हेम बहादुर कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको छ । बबरमहल काठमाण्डौमा सम्पन्न सो साधारण सभाले उपाध्यक्ष कृष्ण प्रसाद थपलिया, सचिव वावुराम आचार्य र कोषाध्यक्षमा पुरुषोत्तम हुमागाइ निर्वाचित गरेको छ भने संचालक सदस्यहरुमा जयराम सिग्देल, रामकुमार पण्डित र अमृता पन्थी आचार्यलाई निर्वाचित गरेको छ । साधारण सभाले लेखा संयोजक मोहन बहादुर बुढाथोकीलाई बनाएको छ भने सदस्यहरुमा कुसुम श्रेष्ठ र शंकरमणि नेपाल निर्वाचित हुनुभएको छ ।

साधारण सभाले निवर्तमान अध्यक्ष राम प्रसाद आचार्यद्वारा प्रस्तुत प्रतिवेदन, प्रमुख कार्यकारीद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७८÷०७९ को आय व्यय विवरण, लेखा समितिको प्रतिवेदन, आ.व. २०७९÷०८० को लेखा परिक्षक नियुक्ति पारिश्रमिक तोक्ने सम्बन्ध, संचालक समितिको निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०७९÷०८० को नीति, अनुमानित बजेट, कार्ययोजना सम्बन्ध, कोष बाँडफाँड तथा लाभांश वितरण सम्बन्ध, संस्था एकीकरण सम्बन्ध, निर्वाचन, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व.को लागि पारित गरेको छ । साधारण सभामा प्रस्तुत भएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १० करोड ३६ लाख ८० हजार ९ सय रुपैयाँ, कोष हिसाब १६ करोड ६६ लाख ८६ हजार ९ सय ९९ रुपैयाँ ३० पैसा, बाहय ऋण सापटी ३१ करोड ८३ लाख ११ हजार ९५ रुपैयाँ २० पैसा, कर्जा जोखिम कोष ८ करोड ७४ लाख ४९ हजार १ सय ८४ रुपैयाँ ७५ पैसा, निक्षेप १ अर्ब ६६ करोड २१ लाख २३ हजार ५ सय ९५ रुपैयाँ ४२ पैसा, चालु दायित्व तथा व्यवस्था ४ करोड ७१ लाख ७६ हजार ७ सय ९० रुपैयाँ ४३ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार २ अर्ब ३८ करोड ५४ लाख २८ हजार ५ सय ६५ रुपैयाँ ११ पैसाको भएको छ । साधारण सभामा संस्थासँग सम्बन्धित तथा सहकारी अभियानकर्मीहरुलाई विशेष सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *