लभ्ली बचतको अध्यक्षमा दहाल

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ । हालै सम्पन्न लभ्ली बचत तथा ऋण सहकारी संस्था लि. को बाह्रौं बार्षिक साधारण सभाले संस्थाको संचालक समितिको अध्यक्षमा घनश्याम दहाललाई चयन गरेको छ । दरबारमार्ग काठमाण्डौमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा हरेराम बराल, सचिवमा राजेशचन्द्र रेग्मी, र कोषाध्यक्षमा दिपकरत्न शाक्यलाई चयन गरेको छ भने, सदस्यहरुमा प्रा.डा. बीणा पौडेल, शारदा अर्याल र निशान प्रधानलाई चयन गरेको छ । त्यसैगरी लेखा संयोजकमा मधु ढुंगेल चयन हुनुभएको छ भने सदस्यहरुमा विजयनन्द वैद्य र विष्णुप्रसाद कर्माचार्य चयन हुनु भएको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी १ करोड ९१ लाख ४७ हजार रुपैयाँ, जगेडा तथा कोषहरु ३ करोड ७२ लाख ३८ हजार ८ सय ४० रुपैयाँ २९ पैसा, निक्षेप दायित्व १५ करोड ८० लाख ६ हजार १ सय ६२ रुपैयाँ ३६ पैसा, ऋण तथा सापटी ४ करोड २० लाख ७९ हजार ९ सय ६३ रुपैयाँ १ पैसा, अन्य दायित्व तथा व्यवस्था ४० लाख ४८ हजार ७ सय ८७ रुपैयाँ ४ पैसाको भएको छ भने संस्थाको कूल दायित्व २६ करोड ५ लाख २० हजार ७ सय ५२ रुपैयाँ ७० पैसाको भएको छ । साथै साधारण सभाले संचालक समितिको २०७८/ ०७९ को बार्षिक प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन, लेखा समितिको प्रतिबेदन, लेखा परिक्षकको प्रतिबेदन, लाभांश स्वीकृत सम्बन्ध आ.व. २०७९ /०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *