काठमाण्डौ । हालै शिवश्री बहुउद्देश्यीय सहकारी संस्था लि. ले छैठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बागबजार काठमाण्डौमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष भिमप्रसाद तिमल्सिनाद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को बार्षिक प्रतिबेदन, आ.व. २०७९/०८० को प्रस्तावित बजेट सम्बन्ध, लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत आ.व.२०७९/०८० को प्रतिबेदन, लेखा परिक्षकको प्रतिबेदन, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, घर जग्गा खरिद सम्बन्ध, व्यवसायिक योजना सम्बन्ध, संस्था एकिकरण सम्बन्ध, कोषको बाँडफाँड स्वीकृत एवं शेयर लाभांश तथा संरक्षित पूँजी कोषको रकम वितरण गर्ने सम्बन्ध, विनियम संशोधन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ४ करोड ९७ लाख ४८ हजार ४ सय रुपैयाँ, जगेडा कोष ६८ लाख ६४ हजार ९ सय १६ रुपैयाँ ४१ पैसा, कोषहरु १ करोड ५ लाख ८ हजार ६ सय २४ रुपैयाँ ५३ पैसा, निक्षेप संकलन ३६ करोड ७३ लाख ५ हजार ३ सय ९७ रुपैयाँ ९७ पैसा, आयकर व्यवस्था १२ लाख ४२ हजार ५ सय ५१ रुपैयाँ ६६ पैसा, तिर्नुपर्ने हिसाब ५१ लाख ८७ हजार ६ सय ६१ रुपैयाँ ७४ पैसा, खराब कर्जा व्यवस्था ३७ लाख ७० हजार १ सय २५ रुपैयाँ ४९ पैसाको भएको छ भने संस्थाको कूल दायित्व ४४ करोड ४६ लाख २७ हजार ६ सय ७७ रुपैयाँ ८० पैसाको भएको छ ।