स्वयंभुमा तेक्वान्दोको ग्रेडिङ सम्पन्न

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सुप्रिम तेक्वान्दो डोजाङ स्वयंभूमा तेक्वान्दो प्रशिक्षण लिइरहेका करिव २२ तेक्वान्दो खेलाडिहरुले बेल्टटेस्ट एवं ग्रेडिङ सम्पन्न गरेका छन् । बिहीबार स्वयंभू स्थित प्रशिक्षण केन्द्र सुप्रिम शिवबाबा स्कुलमा आयोजना गरिएको बेल्ट टेस्ट कार्यक्रमका बीच खेलाडिहरुले ग्रेडिङ गरेका हुन् । जसमा ह्वाइट बेल्टमा ६ यलो बेल्टमा ४, हाफ ग्रीन ६, ग्रीन ४ तथा हाल्फ ब्लु बेल्टमा २ जना गरी कुल २२ जना प्रशिक्षार्थीहरुको बेल्ट टेस्ट गरिएको थियो । बेल्ट टेस्ट परिक्षा डोजाङ्खका प्रमुख प्रशिक्षक एवं तेक्वान्दो खेलाडि मोहम्मद ताज आलमले लिएका हुन् । कार्यक्रममा स्वयम्भू एथलेटिक्स ट्रेनिङ सेन्टर क्लबका महासचिव तथा मोडन पेन्टाथोलनका केन्द्रीय कोषअध्यक्ष शैलेन्द्र मान श्रेष्ठ, क्लबका उपाध्यक्ष श्रीकृष्ण महर्जन, धावक एवं स्वयंमू एथलेटिक्स ट्रेनिङ्ख क्लबका अध्यक्ष रमेश सुनार लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box