शिक्षिका ज्योती रामदामको निधनप्रति विद्यार्थीद्वारा शोक व्यक्त

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हाँस्यकलाकार, निर्देशक एवं कृषि अभियन्ता शेखर खनालले एसएलसी उत्र्तिण गरेको बिद्यालय हो, जनतामावि सन्तकुटी खजुरा बाँके । स्कुल जीवनमा सधै कक्षा फष्ट हुनमा सधै प्रेरित गर्नुहुने गुरु आमा ज्योति रामदाम यही २०८० मंसीर १७ गते आइतबारको दिन ब्रेन क्यान्सरको रोगबाट ६७ वर्षको उमेरमा निधन भएको छ । भारतको लखनउ, काठमाडौं र बाँकेको अजुरामा समेत उपचार गराइरहेको तर पछिल्लो समय आफ्नै निवासमै आराम गरिरहेको अवस्थामा आइतबार निधन भएको हो । क्यान्सर देखा परेको छोटै समयमा आमा गुमाउनु पर्ला जस्तो लागेको थिएन, बुवा पनि ६ वर्ष अघि गमाउनु परेको पिडा नसेलाउदै आमा गुमाउनु पर्दाको पिडा निकै दुःखदायी र पिडा महसुस भएको कुरा उनकी छोरी दिपा रामदामले बताइन । मृतककी छोरी दिपा पनि कलाकार खनालको क्लासमेट र अत्यन्तै मिल्ने साथी पनि हुन् । मृतक ज्योती रामदामको एक छोरी एक छोरा छन् ।

जनतामावि सन्तकुटी खजुराको एक कुशल र उर्जाशील शिक्षिकाको रुपमा छाप छोड्न सफल ज्योती मेमको असमाहिक निधन भएको खबरले अत्यन्तै मर्माहत भएका छौं, बाँके जिल्लाले मात्र होइन देशले नै एउटा असल शिक्षिका गुमाएको कुरा सोही स्कुलका पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठले बताउनु भयो । हजारौं संख्यामा रहेका बिद्यार्थीलाई आफ्नो ज्योती बाढ्नु भएकी शिक्षिका ज्योती आज व्रम्हलिन हुनुभएको छ । उक्त स्कुलमा अध्यनरत रहेका पूर्व विद्यार्थीहरुले उहाँको स्वर्गवासको कामना समेत गरेका छन् । स्कुलका पुर्व विद्यार्थीहरुले आफुलाई फोन, म्यासेज गरि उहाँको निधनको विषयमा चासो समेत राखेको बताउदै कलाकार खनालले मृतक परिवार प्रति समवेदना ब्यक्त गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *