नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को कार्यकाल सकिएलगत्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको बताएका छन् । आइतबार भक्तपुरको बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अध्यक्ष ओलीले संसद्को कार्यकाल समाप्त भएको र त्यसअघि महाभियोग पारित नभएकाले जबराले सफाइ पाइसकेको बताएका हुन्। सत्ता पक्षले आफैले महाभियोगमा ढिलाई गरेर र समयमा प्रक्रिया अघि नबढाएर सफाइ दिएको उनको भनाइ छ ।
Facebook Comments Box