इस्लाममाथि माक्रोनको बयानले केही मुस्लिम देशहरूमा विरोध, सामानलाई बहिष्कारको अपील

खवर पाटी (खोज खबरको अभियान)
– जायदा खातून
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मद(उहाॅमाथि शान्ति होउस) को कार्टून देखाउने वाला फ्रान्सका एक शिक्षकको हत्यापछि राष्ट्रपति ईमानुएल माक्रोनको बयानले केही मुस्लिम देशहरूलाई रुष्ट बनाएको छ । माक्रोनले आफ्नो बयानमा कट्टरपंथी इस्लाम भनेर आलोचना गरेका थिए र शिक्षकको हत्यालाई ‘इस्लामिक आतंकवादी हमला’ भनेका थिए । केही अरब देशहरूले फ़्रान्सको सामानलाई बहिष्कार गर्न शुरू गरेका छन्। कुवैत, जॉर्डन र क़तारका केही दुकानबाट फ़्रांसको सामान हटाइएको छ । त्यस्तै लीबिया, सीरिया र ग़ज़ा पट्टीमा फ़्रांसको विरूद्ध प्रदर्शन भएको छ ।
फ़्रांसको विदेश मंत्रालयले भनेको छ कि ‘बहिष्कारको बेतुकका कुरा’ र अल्पसंख्यक समुदायको केबल एक कट्टर समूहले नै गरेको छ । यो विरोध पैग़ंबर मोहम्मद(उहाॅ माथि शान्ति होउस)को विवादित कार्टून को कक्षामा देखाउने वाला एक शिक्षकको हत्या पछि माक्रोनको टिप्पणिहरूलाई लिएर भएको हो ।
पैगम्बर मोहम्मदको विवादित कार्टून देखाउनेलाई माक्रोन यस्तो भन्दै बचाव गर्दैछन् कि एउटा ख़ास समुदायको भावनाको कारणले अभिव्यक्तिलाई छुटकारामा समेत राख्न सकिदैन। उनको भनाइ छ कि यसले धर्मनिरपेक्ष फ़्रान्सको एकतालाई कम गर्छ । राष्ट्रपति माक्रोनले यस महीनाको शुरुआतमा शिक्षकको हत्या भन्दा पहिला नै फ्रांसमा “इस्लामिक अलगाववाद” संग भीड्नको लागि कडा कानून बनाउने घोषणा गरेका थिए । त्यो समय उनले भनेका थिए , “डर छ कि फ़्रांसको क़रीब 60 लाख मुसलमानहरूको बस्ती समाजको मुख्यधाराबाट अलग-अलग हुन सक्छ ।” साथै उनले इस्लामलाई एक यस्तो धर्म बताएका थिए, जो संकटमा छ ।
माक्रोनको बयानको धेरै आलोचना भएको छ । तुर्की र पाकिस्तानले माक्रोनमाथि आरोप लगाएका छन् कि उसले ‘आस्थाको स्वतंत्रता’ को सम्मान गरेको छैन। र फ़्रांसका लाखों मुसलमानहरूलाई खाडलमा धकाल्दै छन् । आइतबार तुर्कीका राष्ट्रपति अर्दोआनले माक्रोनलाई इस्लामको बारेमा उनको सोंचको कारण “दिमाग़ी उपचार” गर्नलाई सुझाव दिएका छन् ।
अर्दोआनको यस टिप्पणी पछि फ्रान्सले तुर्कीबाट आफ्नो राजदूतलाई वापस बोलाएको छ । आइतवार जॉर्डन, क़तार र कुवैतका केही सुपरमार्केटमा फ़्रांसका सामान हटाइएको छ । उदाहरण स्वरूप फ़्रांसमा बनेका हेयर र ब्यूटी प्रोडक्ट दुकानहरूमा देखिएनन् ।
उपभोक्ता सहकारी समितिका ग़ैर-सरकारी संघले भन्यो कि उसले पैग़ंबर मोहम्मदमाथि ‘बार-बार भएका अपमान’ को जवाफमा यो निर्देश जारी गरेको हो ।
Facebook Comments Box