ईञ्जिनियर खतिवडाको नयाँ गीत ‘आँखाको नानीमा’ युट्युवमा (भिडियो सहित)

खवर पाटी (खोज खबरको अभियान)

गीतकार प्रमोद खतिवडाको नयाँ गीत ‘आँखाको नानीमा’ युट्युव मार्फत् सार्वजनिक भएको छ । पेशागत रुपमा नेपाल सरकारको निजामति सेवामा सेवारत ईञ्जिनियर रहेका उनी गीत, गजल रचनामा अत्यन्तै रुचि राख्छन् ।

खतिवडाको संगीतिक क्षेत्रमा रेकर्ड गरिएको यो नै पहिलो गीत हो । गीतमा स्वर तथा संगीत सविन लिम्बुको रहेको छ । गीतको भिडियोमा पनि गायक सविन लिम्बु र अल्जिना मगरले मोडलिङ्ग गरेका छन् । म्युजिक भिडियो विवेक विकेले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहाेस् 

Facebook Comments Box