काठमाडौ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको असनमा सडक अतिक्रमण गरी बनाएका व्यापारिक संरचना हटाउन सुरू गरेको छ । यसअघि अनधिकृत संरचना हटाउन २४ घण्टे सूचना जारी गरेको सूचनालाई बेवास्ता गरी सडकमा नै सामग्री राखेर व्यापार गर्ने क्रम नरोकिएपछि मंगलबार महानगरले संरचना हटाउन सुरू गरेको हो । सो क्रममा महानगर प्रहरीले अवैध संरचना भत्काएको थियो भने व्यापारीहरूले वडासँग सम्झौता गरेर नै व्यापार गरेको भन्दै विरोध जनाएका थिए ।
असन नजिकका स्थानहरूमा बुधबारसम्म सबै संरचना हटाउन आग्रह गरेको छ । सडकमा पसल राख्दा आवतजावतमा समस्या भएको भन्दै महानगरले सडक व्यापारलाई हटाउने अभियानलाई तीव्रता दिएको हो ।
Facebook Comments Box