कोसी सरकारमा कांग्रेस सहभागी

समाचार
खवर पाटी (खोज खबरको अभियान)

विराटनगर । कोसी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसका तर्फबाट नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सांसद भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको शपथ लिएका छन् ।

हाङ्गाम र मण्डल सभापति शेरबहादुर देउवा समूहका हुन् । राई र राजवंशी नेता कृष्णप्रसाद सिटौलानिकट प्रदेशसभा सदस्य हुन् । नेता डा. शेखर कोइराला समूहबाट कोही पनि मन्त्री बनेका छैनन् ।

k2-1726206561.jpg

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *