जनताको माया भएको पार्टी राप्रपा नै हो : जीतबहादुर लामा

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
जीतबहादुर लामा
क्षेत्रीय अध्यक्ष, काठमाडौं क्षेत्र नं. ९, राप्रपा
मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ।
मुलुकको राजनीतिक अवस्था जर्जर छ । राजनीतिक रुपमा पनि सोचे जस्तो स्थीर छैन । आर्थिक अवस्था डामाडोल छ । व्यापार व्यसाय ठप्प छ । राजमार्गदेखि गाउँ जोड्ने सडक बर्षातका कारण कामै नलाग्ने अवस्थामा छन् । राज्यको ध्यान समयमै नपुगेकाले यो अवस्था उत्पन्न भएको हो । देशमा बेरोजगारीको संख्या दिनदिनै बढिरहेको छ । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा राजनीतिकरण छ । व्यापारमा नियमन छैन । व्यापारिको मनलागी छ । हाम्रो देशको कुनै पनि ठाउँमा सुशासन  छैन । जताततै भ्रष्टाचार मौलाएको छ । विकास निर्माणका काम ठप्प छन् । सरकारको नीति राम्रो नभएकोले ठेक्का लागेका विकास निर्माण कामहरु समयमै सम्पन्न नभई ठेकेदारहरु भागेको अवस्था छ । जताजतै विकृति छ । कुन दिन देश श्रीलंका वा बंगलादेश जस्तो हुने हो भनेर चिन्ता लिनु पर्ने अवस्था छ । देशमा अराजकता छ । राजनीति दलका नेता मात्र मोटाई रहेको अवस्था छ । राजनीतिबाट जनतालाई वितृष्ण उत्पन्न हुँदै गएको देखिन्छ । ‘राजा नभएपछि देश यस्तै हुन्छ’ भने जनता आवाज उठाइरहेका छन् । त्यसैले अहिलेको निकास भनेको अभिभावकीय राजतन्त्र नै हो ।
हुन पनि देश बचाउन पहिला हामी सबै सजग हुनु पर्ने समय आएको छ । देश रह्यो भनेर हामी भोली पनि राजनीति गरौला, देशै रहेन भने हामी कहाँ गएर बस्ने ? त्यसैले पहिला देश बचाउने, देश बनाउने बाटोमा सव्रिmय होउ । आपसका झैझगडा बिर्सेर देशका लागि हामी सबै एकजुट हुने बेला आएको छ ।
मुलुकभर फैलिरहेको भ्रष्टाचारबारे के भन्नु हुन्छ ?
त्यसो त भ्रष्टाचार गाउँदेखि केन्द्रसम्म फैलिरहेको छ । अब हरेक किसिमका भ्रष्टाचार अन्त नगर्ने हो भने सर्वसाधारणले ठुलो दुःख पाउने अवस्था छ । किन भने भ्रष्टाचारमै ठुला दलका नेताहरु संलग्न छन् । भ्रष्टाचारमा संलग्न हुने अनि विभिन्न प्रपञ्च गरेर नेताहरुले सफाइ पाइरहेको अवस्था छ । राजनीतिक पहुच नभएकाहरु अकारण पनि भ्रष्टाचारमा फस्दै गएको देखिन्छ । त्यसो त अख्तियारको प्रमुख आयुक्त, आयुक्त जस्ता पद राजनीतिक भागवण्डाकै आधारमा गर्ने गरिएका   छन् । त्यसैले अख्तियारका प्रमुख आयुक्त, आयुक्तले निर्णय गर्दा नेताको मुख हेरेर निर्णय गरिरहेको भनिन्छ, यो सत्य पनि हो । पहिला अख्तियार जस्ता निकायलाई स्वच्छ र पारदर्शी नबनाई देशबाट भ्रष्टाचार अन्त होला भनेर कल्पना नगरे हुन्छ । सिधा साधा फस्ने राजनीतिक पहुचवालाले भ्रष्टाचारमा उन्मुक्ति पाउने अवस्था कति दिन रहने ? माथिल्लो निकायमा सुद्धता नभएका कारणले सबैतिर भ्रष्टाचार भएको हो । जब सम्म नेतृत्वले नीतिगत रुपमा भ्रष्टाचार बन्द गर्न जिम्मेवारी वहन गर्दैनन् तबसम्म जुनसुकै निकायमा भ्रष्टाचार मौलाइ रहन्छ ।
यो बर्षको बजेट कस्तो लाग्यो ?
यो बर्षको बजेट कर्मकाण्डी मात्र हो । जनताप्रति जिम्मेवार देखिदैन । केही बाहेक यस वर्षको बजेट निरन्तरता मात्र हो ।
देशमा किन विकास निर्माण भइरहेको छैन ?
विकास निर्माण नहुनुमा राज्यको दीर्घकालीन योजना नहुनु नै प्रमुख कारण हो । आजसम्म कुन सरकारले वैज्ञानिक योजना ल्याए त ? कति वर्षपछि यो यो काम हुनछ भने त ? योजना ल्याए त ? भूमि सुधार राजा महेन्द्रले नै लागु गरेका हुन् । त्यसैलाई नै अहिलेसम्म निरन्तरता दिइरहेको अवस्था छ । भूमि बैंकको कुरा नाराम्रो सीमित छ । भूमि सम्बन्धमा जनताले धेरै दुःख पाइरहेका  छन् । त्यस माथि देशमा सोचे जस्तो विकास नहुनुको प्रमुख कारण राजनीतिक पार्टीका नेताहरु इमान्दार र वफादार नहुनु नै हो । यसै मेसोमा भन्नु पर्दा विदेशी लगानी भित्र्याउन नसक्नाले पनि विकास हुन नसकेको देखिन्छ ।
हाम्रो जस्तो देशमा राम्रो सँग विकास हुनु तर हाम्रो देश गरिब हुनुको कारण पहिला आफ्नै कमि कमजोरिलाई केलाउनु पर्छ । जबसम्म नेताहरु सुध्रिदैनन्, विकास निर्माणमा सरोकार राख्ने इमान्दार हुँदैनन् देश विकास पनि हुन सक्दैन् । हुँदैन पनि ।
देशव्यापी रुपमा फैलिरहेको महँगीबारे के भन्नु हुन्छ ?
महँगी नियन्त्रण गर्न सबैभन्दा पहिला सरकारले अभिलम्ब स्वतन्त्र अनुगमन टोली गठन गरेर यो टोलीलाई परिचालन गरेर महँगी नियन्त्रणमा खटाउनु पर्छ । सवै भन्दा पहिले महँगी नियन्त्रण गर्न राज्यको नीति नै स्पष्ट नभएर देशभर झनझन महँगो बढ्दै गएको कुरा लुकाएर लुक्दैन । जनताको आय स्रोत घट्दै गएर महँगो धान्नै नसक्ने अवस्था छ । गाँउ घरका युवा विदेशिएका छन् । अब कृषिमा को लाग्छ ? त्यसमाथि मुल्य निर्धारण गर्ने र अनुगमन गर्ने सरकारी निकायको जवाफहिनताले झन बढि मुल्य वृद्धि भईरहेको छ ।
राप्रपा यति वेला के गरिरहेको छ ?
राप्रपा योजनावद्ध रुपमा सडक र सहजबाटै आफ्नो एजेण्डा स्थापित गर्न कटिवद्ध छ । यस क्रममा राप्रपाले देशभर भएका भ्रष्टचारका कुरा प्रमुख रुपमा उठाई रहेको छ । राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापना राप्रपाको प्रमुख लक्ष्य हो । यो उदेश्य पुरा गर्न राप्रपा गाँउ गाँउ टोल टोल, जिल्ला जिल्ला पुगिरहेको छ । ‘मन मनमा राप्रपा घर घरमा राप्रपा’, भन्ने मुल नारामा राप्रपा सव्रिmय छ । साच्चै भन्ने हो भने देश र जनताको मााया भएको पहिलो पार्टी राप्रपा नै हो । राप्रपा आफ्ना एजेण्डामा अडिग छ । राप्रपाले अभिभावकीय राजतन्त्र र हिन्दुराज्यको जुन एजेण्डा बोकेके छ, यो एजेण्डा पुरा गरेरै छाड्छ । हामी जनतालाई जागृत पार्न गाँउ गाँउ टोल टोल, जिल्ला जिल्लामा पुगेका छांै ।
राजतन्त्र, हिन्दु राज्य पुनस्र्थापना लागि कसरी अघि बढिरहनु भएको छ ?
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजसस्था यो हाम्रो पार्टिको बटम लाईन हो । राष्ट्रपति गुटको मात्र हुन्छ, पार्टिको मात्र हुन्छ, पार्टिकै सदस्यबाट आउछन् । तर राजसख्था सबैको हुन्छ । विश्वमा राजसख्था भएको मुलकहरु विकसित हुन् र नेपालको तुलना गरौ । राप्रपा राजसस्था पुनस्थापना गर्न धार्मिक सभा, कोण सभा र आम सभा गरी जनतालाई जागृत गरिरहेको छांै । हाम्रो एजेण्डा पुरा गर्न राप्रपा आफ्नो सम्पुर्ण शक्ति लगाई रहेको छ । जनतालाई घरदैलोमै पुगेर जनतालाई बुझाई रहेका छौ । जब सबै जनताले बुझ्छन्  त्यो दिन हाम्रो एजेण्डा सथापित हुनेछ ।
नेपाल हाक्न कस्तो नेतृत्व आवश्यक छ ?
यसै मेसोमा भन्नु पर्दा देश हाक्ने नेतृत्व देशप्रति माया भएको, भ्रष्टचार नगर्ने जनताको भावना बुझ्ने स्वच्छ छवि भएको चाहिन्छ । त्यसैले अबको देशको नेतृत्व राप्रपाले मात्र गर्न सक्ने प्रमाणित भईसकेको छ ।
प्रमुख दलको गतिविधिलाई कसरी नियाल्नु भएको छ ?
ठुला दलको अहँकारले राजनीति विकृत बन्दै गईरहेको छ । म मात्र ठुलो भनेर नेताहरुले अहँकार पालिरहेको देखिन्छ । हामीले मात्र देश चलाउन सक्छौ, अरु पार्टी त पार्टी नै होईन भने जस्तो गरिहेको छन् । ठुला ठुला भ्रष्टचारको काण्डहरु लुकाउन ठुला दलका नेताहरु नै लागिरहेको अवस्था छ । ठुला नेताहरु कमिसनमा लिप्त भएर रोजगारीको नाममा जनता बेच्न समेत पछि परेका   छैनन् । अब पनि यहि तीन वटा प्रमुख दललाई विश्वास गर्ने हो भने सर्वसाधारणले कहिल्यै सुशासनकोे अनुभव गर्न पाउने छैनन् ।
अन्तमा देशवासिलाई सन्देश दिनुसन ?
धेरै ढिला भई सक्यो । भविस्यको सन्ततीको उन्नती र देश बचाउनको लागि राप्रपाको एजेण्डा र अभियानमा जोडिनु होला र साथ दिन अनुरोध गर्दछु ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *