पहिलेभन्दा कपडा व्यवसाय राम्रो छ : अमृतलाल प्रधान

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
अमृतलाल प्रधान प्रोपाइटर, स्ट्याण्डर्ड टेलर्स, बागबजार

यति बेला टेलर्सहरुको अवस्था कस्तो छ ?
यति बेला टेलर्सहरुको अवस्था सुधारात्मक छ । यो व्यवसायले विस्तारै लय लिदैछ । हाम्रो स्ट्याण्डर्ड टेलर्समा ग्राहकको रुचि अनुसारको कपडाहरु पनि सिलाईन्छ । खास गरि विवाह व्रतवन्धमा घरका सबै सदस्यहरु एउटै कलरको सुटहरु सिलाउने चलन भइसकेको छ । बागबजारस्थित पद्मकन्या (पिके) क्याम्पसको आयोजित रहेको यस टेलर्स समस्त ग्राहकको रोजाइमा रहेको छ । समग्रमा भन्नुपर्दा पहिले भन्दा यो व्यवसाय राम्रो छ ।

त्यसो भए यस व्यवसायबाट तपाइ सन्तुष्ट हुनुहुन्छ ?
अहिले सन्तुष्ट नै छु । हाम्रो टेलर्स समग्र ग्राहकको रोजाईमा परेकाले गर्व पनि छु । हाम्रो व्यवसाय अझै फैलदै जाने हामीले विश्वास लिएका छौं । हामी कुनै पनि विदेशी कपडाहरुको सुट आकर्षक रुपमा सिलाउछौ । त्यसले आम ग्राहकको पहिलो रोजाईमा स्ट्याण्डर्ड टेलर्स परेको छ ।

तपाइकै टेलर्समा ग्राहक किन आउने त ?
हाम्रो सेवा राम्रो छ । अन्तभन्दा २५ प्रतिशत सस्तो छ । पुरानो पसल भएको कारणले हाम्रो पसल (टेलर्स)मा पुराना ग्राहकको उपस्थिति राम्रो छ । हामी कहाँ एक पटक कपडा सिलाउन आए पछि ग्राहकहरु निरन्तर रुपमा आइरहन्छन् ।

पहिले भन्दा अहिले कपडाहरुमा धेरै महँगी भएको हो ?
सिलाइमा पहिले भन्दा महँगी बढ्यो तर कपडाहरुमा त्यति महँगी बढेको छैन ।

यो व्यवसायप्रति सरकारी नीती कस्तो छ ?
सरकारी नीति राम्रै छ । अझै राम्रो टेलर्स मैत्री नीति आइदिवस भन्ने हाम्रो चाहना छ । हामी सरकारी नीति अनुसारै अघि बढिरहेको छौ । सरकारी नीति मान्नु हाम्रो कर्तव्य पनि हो ।

एक कपडा व्यवसायीको रुपमा तपाईले मुलुकको राजनीतिलाई कसरी लिनुभएको छ ?
म राजनीतिमा त्यति सक्रिय त छैन । आफ्नै व्यापार, व्यवसाय गरेर बसिरहेको छु ।

यस क्षेत्रमा कहिले देखि लाग्नु भएको हो ?
म २०५० सालदेखी नै यस व्यवसायमा सक्रिय छु । यहि बागबजारमै हाम्रो टेलर्स थियो । म टेलर्समा काम गर्नु अघि मेरो बाबुले यस टेलर्स संचालन गर्नु भएको थियो ।

अन्तमा तपाई आफ्ना ग्राहकलाई के भन्न चाहनुहुन्छ ?
ग्राहकहरुकै माया ममताबाट हाम्रो टेलर्स चल्ने हो । त्यसैले सधै हाम्रो टेलर्समा आइरहनुहोस् । रोजेकै हाम्रो व्राण्डको कपडा सिलाएर लगाइ दिनुहोस् । तपाइहरुकै सद्भावले नै हामी अझ व्यापक रुपमा अघि बढ्न सहयोग मिल्ने छ भन्ने विश्वास लिएको छु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *