विश्वमा पहिचान राख्न पनि नेपालमा हिन्दु राज्यको आवश्यकता छ : जितबहादुर लामा

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
जितबहादुर लामा, क्षेत्रीय अध्यक्ष, राप्रपा, संघीय निर्वाचन क्षेत्र नं. ९, काठमाण्डौं ।

समाजसेवा र राजनीतिलाई साथ साथ अघि बढाइरहनु भएका जितबहादुर लामा चिरपरिचित नाम हो । बाबु हिराबहादुर तामाङ र आमा काइली तामाङका छोरा जितबहादुर लामा २०२८ साल फागुन ७ गते साविक भिमढुङ्गा वडा नं. ३ मजुवा (हाल नागार्जुन नगरपालिका वडा नं. ७) का स्थानीय वासिन्दा हुनुहुन्छ । लामा २०५१ सालदेखि जातीय संगठनमा सक्रिय हुनु भयो । यस क्रममा नेपाल तामाङ घेदुङ काठमाण्डौं जिल्ला सचिव हुनु भयो । यसै क्रममा उहाँ भिमढुंगा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष हुनुभयो । सहकारी अभियानका क्रममा उहाँ अहिले जयन्ती साकोस रामकोटको सचिव,नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (एफ्स्कुन) अन्तर्गत कलंकी फिल्ड कार्यालयको संचालक हुनु हुन्छ । साथै भिमढुङ्गा रामकोट नागार्जुन नपा. वडा नं. ७ – ८ स्थित कौढ भगवती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष समेत हुनुहुन्छ लामा । उहाँ भु–सेवा केन्द्रको संचालक समेत हुनुहुन्छ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनको इकाइ समिति कलंकीको अध्यक्ष, जिल्ला समन्वय समिति काठमाण्डौंको अध्यक्ष, उपत्यका समन्वय समितिको संयोजक हुँदै हाल लामा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनको केन्द्रीय कार्य समितिको केन्द्रीय सह–कोषाध्यक्ष हुनुहुन्छ । लामाले अध्ययनको क्रममा विए एलएलबि सम्मको अध्ययन गर्नु भएको छ । राजनीति भने जितबहादुर लामाले २०४८ बाट सुरु गर्नु भएको हो । राप्रपाबाट लामाको राजनीतिक यात्रा आरम्भ भयो । यस क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको काठमाण्डौं जिल्ला सदस्य, राप्रपा काठमाण्डौंको जिल्ला सदस्य हुँदै हाल राप्रपाको काठमाण्डौं संघीय निर्वाचन क्षेत्र नं. ९ को क्षेत्रीय अध्यक्ष हुनुुहुन्छ । सामान्य किसान परिवारमा जन्मेका इमान्दार, मिलनसारका रुपमा रहनु भएका राप्रपाका युवा नेता जितबहादुर लामासँग समसामयिक विषयमा गरिएको कुराकानी,

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई राप्रपाले कसरी लिएको छ ?
राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई सकारात्मक रुपमा लिएको छ । यो निर्वाचनलाई राप्रपाले अवसर र चुनौतीका रुपमा लिएको छ । ठूला दल भनाउँदा पार्टीहरुले जनतालाई झुक्याई रहेका छन् । जनता झुक्किरहेका छन् । अब जनताले आगामी निर्वाचनमा त्यस्ता जनता झुक्याउने पार्टीहरुलाई एक पटक आफ्नो अमुल्य मत नदिएर आफ्नो मत, विचार परिवर्तन गरी राप्रपालाई अवसर दिनु हुनेछ भन्ने विश्वास लिएका छौं । अब हामी जनताको घरदैलोमा जाँदा हिजोको दिनमा काँग्रेस–कम्यूनिष्टलाई हे¥यौं अब राप्रपालाई हेर्छौं भनिरहेका छन्, यसबाट हामी अत्यन्त उत्साहित भएका छौं ।

राप्रपाले निर्वाचनको तयारी कसरी गरिरहेको छ ?
राप्रपाले निर्वाचनको घोषणा हुनु भन्दा अघिदेखि नै निर्वाचनको तयारी गरिरहेको हो । सभा, सम्मलेन, ¥याली गरेर जनतालाई जागरुक गरिरहेका छौं । साथै जनता, यति बेला पेट्रोलियम पदार्थमा भइरहेको महंगीले पिल्सि रहेका छन्, तीन तीन पटक अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थमा मुल्य घट्दा पनि यहाँ आयल निगमले मुल्य घटाउँदैन, सरकारी अधिकारी कानमा तेल हालेर बसिरहेका छन् । किसानले धान रोप्ने समयमा मल पाएनन् । विभिन्न वहानामा महँगी, भ्रष्टाचार भइरहेका छन् । यो जनताको तर्फबाट अवााज उठाउने प्रमुख पार्टी राप्रपा मात्र हो भन्ने कुरा जनताले बुझिसकेका छन् ।

आगामी निर्वाचनमा राप्रपाले तालमेल गर्छ कि गर्दैन ?
तालमेलको सम्बन्धमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीले जिम्मेवारी दिएको छ । उहाँले गर्ने निर्णय हामी सबैलाई मान्य हुन्छ ।

तपाई पनि काठमाण्डौं क्षेत्र नं. ९ बाट उठ्ने होइन ?
यो पार्टीले गर्ने निर्णयको कुरा हो । पार्टीले उम्मेद्वार बनाएमा म पनि मान्न तयार छु ।

यो निर्वाचनमा राप्रपाको स्थिति कस्तो रहला ?
हामी बलियो वैकल्पिक शक्तिको रुपमा स्थापित हुन्छौं । राप्रपा नेता, कार्यकर्ता, शुभचिन्तक, मतदाता नभएर होइन प्राविधिक कारणले राप्रपा विगतको निर्वाचनमा पछाडी परेको हो । यस पटकको निर्वाचनमा राप्रपाको शानदार उपस्थिति रहने छ ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वलाई कसरी लिनु भएको छ ?
अहिले सम्म अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व अत्यन्त राम्रो देखिएको छ । सबैलाई समेटेर सम्मानजनक भुमिका दिइरहनु भएको छ । उहाँले सबै तहका नेता–कार्यकर्ताको मुल्यांकन गरेर लानु भएको छ । त्यसमाथि राजेन्द्र लिङ्देन अध्यक्ष भए पछि देशभर राप्रपा प्रवेशको लहर चलिरहेको छ ।

यो निर्वाचनमा राप्रपाको प्रमुख एजेण्डा के के हुन्, बताइ दिनुस् न ?
हाम्रो प्रमुख एजेण्डा भ्रष्टाचार निवारण र सशुासन हो । यसका अलावा संवैधानिक राजसंस्था र सबै अट्ने सनातन हिन्दु राज्य राप्रपाको प्रमुख एजेण्डा हो । यसै गरी प्रत्यक्ष जनताद्वारा निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसदले मन्त्री हुन नपाइने व्यवस्था, केन्द्रमा शक्तिशाली प्रधानमन्त्रीको नेतृत्वमा सरकार र अधिकार सम्पन्न स्थानीय निकाय कायम गर्नुपर्ने राप्रपाको प्रमुख एजेण्डा हो ।

नेपालमा ८० प्रतिशत भन्दा बढी हिन्दु छन् भनिन्छ, तपाईहरु हिन्दु धर्म मान्ने मुल पार्टीलाई जनताले जिताउनु पर्ने होइन ?
विश्वमा ७ अर्ब जनसंख्या मध्ये कम्तिमा डेढ अर्व हिन्दु धर्म मान्ने छन्, त्यो हिन्दु धर्म मान्ने मध्ये नेपालमा जनसंख्याको ८० प्रतिशत हिन्दु छन् । नेपाल हिन्दुहरुको उद्गम स्थल देवादीदेवको तपोभूमि हो । साथै भगवान गौतमवुद्ध जन्मेको देश हो । त्यसैले सबै नेपालीले मानेको हिन्दु धर्मलाई राप्रपाले मुल एजेण्डा बनाएको हो । त्यसैले यस पटकको निर्वाचनमा हिन्दु धर्म मान्ने राप्रपालाई जनताले अमुल्य मत दिएर जिताउँदै छन् । विश्वमा नेपालको पहिचान राख्न पनि नेपालमा हिन्दु राज्यको आवश्यकता छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *