नेपाल केन्यासँग पराजित

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली केन्यासँग पराजित भएको छ ।  घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रनको योगदान गरे  । त्यस्तै पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८ जोडे । केन्याका इमानुएल बुन्डी, लुकास औचा र  भिराज पटेलले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो । केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन बनाउँदा इर्फान करिम २२ रन बनाए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान तीन–तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा पवन सरार्फले एक विकेट लिए । यो जितसँगै केन्याले सिरिजमा १/१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *