डिआइजी सिंहविरुद्ध अख्तियारमा उजुरी

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ- नक्कली शैक्षिक याेग्यताकाे प्रमाणपत्र देखाई जागिर खाएकाे भन्दै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशाेक सिंहविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ। विश्वप्रकाश भेटवालले हदैसम्मकाे कारबाही गरिपाऊँ भन्दै अख्तियारीमा उजुरी दिएका हुन्।

निवेदक भेटवालले डिआइजी सिंहले हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याई जागिर खाएको उल्लेख गरेका छन्।

उजुरी पत्रअनुसार डिआइजी सिंहले २०५१ साल चैत ५ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए। हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा प्रहरी नायब महानिरीक्षक पदमा कार्यरत छन्।

प्रहरीमा जागीर खानकै लागि डिआइजी सिंहले जारी नागरिकतामा उमेर सच्याएर गैरकानुनी तरिकाले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएकाे जिकिर निवेदक भेटवालले गरेका छन्।

अशोक सिंहको वास्तविक नाम अशोक सिंह बोगटी भएकाे तर प्रहरी प्रधान कार्यालयको तीनपुस्ते रेकर्डमा अशोक सिंह मात्र रहेकाे निवेदनमा बताइएकाे छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *