अष्ट्रेलियामा जनसांस्कृतिक प्रतिष्ठान नेपालको शाखा गठन

प्रवास
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अष्ट्रेलियामा जनसांस्कृतिक प्रतिष्ठान नेपालको शाखा गठन गरिएको छ । शनिबार भएको भेलाले निक्स शर्मा(शंकर)को अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा युवराज शर्मा, सचिवमा सौर्यध्वज आचार्य, सह–सचिवमा गोविन्दा थापा, कोषाध्यक्षमा सरिता गौचन र सह–कोषाध्यक्षमा तिलक आले चयन भएका छन् । सदस्य भने हालका लागि कृष्ण आलेमात्र चयन भएका छन् । अध्यक्ष शर्माका अनुसार बाँकी दुई सदस्य पछि मनोनित गरिनेछ ।

भेलाको प्रमुख अतिथि संविधानसभा सदस्य सिन्धु जलेसा थिइन् । नवनिर्वाचित समितिको पहिलो बैठकमा भर्चुअल माध्यमबाट उपस्थिति जनाउँदै जनसांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले बधाई दिँदै निर्देशनसमेत दिए । यो प्रतिष्ठान २०७१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *