करातेबाट एरिकालाई रजत पदक

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । एसियन गेम्सको १९ औं संस्करणमा नेपालकी एरिका गुरुङले कराँतेबाट ऐतिहासिक रजत पदक हात पारेकी छिन् । शनिबार ६८ केजीको तौल समूहको फाइनलमा एरिका काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० ले पराजित भईन् । फाइनलमा जित निकाल्दै नेपालकालागि एसियन गेम्समा ऐतिहासिक स्वर्ण पदक हासिल गर्ने अवसर एरिकालाई थियो । तर एरिकाले फाइनलमा काजकिस्तानकी खेलाडीको चुनौती पन्छाउन सकिनन् ।

सुरुआतदेखिनै रक्षात्मक देखिएकी एरिकाले फाइनलमा स्कोरनै बटुल्न सकिनन् । युकोमा तीन अंक बटुल्दै काजकिस्तानकी सोफियाले कुमितेको ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक हात पारिन् ।

यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक प्राप्त गरेकी थिईन् । पछिल्लो संस्करणको रुपमा सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियाडमा नेपालको प्याराग्लाइडिङ टिमले ऐतिहासिक रजत पदक हात पारेको थियो ।

चीनमा जारी एसियन गेम्सको अन्तिम समयमा कराँतेबाट नेपालले एउटा रजत पदक प्राप्त गरेको छ । कराँते बाहेक मार्सल आर्टका अन्य विधामा नेपालले पदक जित्न सकेन । नेपालको महिला कबड्डी टिमले बंगलादेशलाई हराएर काँस्य पदक जितेको छ । योसँगै एसियाडमा नेपालले कबड्डीमा काँस्य र कराँतेबाट रजत पदक हात पारेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *