सातौं कराते मास्टर्स मिट सम्पन्न

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग तथा निर्देशनमा नेपाल कराते महासंघको आयोजनामा यही चैत्र १० देखि चितवन स्थित भरतपुर महानगरपालिका सौराहामा सन्चालन भएको ७ओै मास्टर्स मिट तथा रिफ्रेशर कोर्ष सम्पन्न भएकोछ । ७ प्रदेश,७७ जिल्ला तथा ३ बिभागिय टिमका सिनियर प्रशिक्षक,प्रशिक्षक,स्वयम सेवक प्रशिक्षक लगायत सिनियर ब्ल्याक बेल्ट मास्टर्सहरु करिव १ हजार पाचसय सहभागी रहको उक्त मास्टर्स मिट गत सोमबार सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सहभागी हुने मास्टर्सहरुलाई महासंघका अध्यक्ष एवम करातेका संस्थापक गुरु युवराज लामा,सह अध्यक्ष तथा संस्थापक दावा गुरुङग,करातेका सिनियर प्रशिक्षक महेश कुमार श्रेष्ठ,प्रमुख प्रशिक्षक तुलसी कुमार महर्जन,रेफ्री संयोजक राजेन्द्र कपाली लगायतले प्रशिक्षण गराउनुभएको नेपाल कराते महासंघका समाचार प्रबक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराउनुभयो । मास्टर्स मिट समापन समारोहमा बरिष्ठ पत्रकार श्याम चित्रकारलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ्गले नगद सहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । यस अघि मास्टर्स मिट तथा साधारण सभा कार्यक्रमको उदघाटन सम्माननिय प्रधानमन्त्री पुष्प कमल दाहाल’प्रचण्ड’ले भर्चुअल माध्यमबाट एक बिशेष समारोह बिच गर्नुभएको थियो । कार्यक्रम ४ दिन सम्म सन्चालन भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *