५३ ओैं राष्ट्रिय कराते को तेश्रो दिन नेपाल प्रहरीलाई ३ स्वर्ण

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

नवौ राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशको कुश्मा,पर्वतमा जारी ५३ ओैं राष्ट्रिय कराते प्रतियोगिताको ( असोज ३१ ) तेश्रो दिन ५ स्वर्णको टुङ्गो लाग्दा नेपाल प्रहरीले ३ स्वर्ण जित्न सफल भएको छ । सन्तोष श्रेष्ठ,ईरिका गुरुङ्ग र नविन रसाईलीले प्रहरीलाई स्वर्ण दिलाएका हुन । उक्त प्रतियोगितामा महिला -६८ किलो तौल समुहमा शसस्त्र प्रहरीकी डायना ओझाले स्वर्ण,नेपाली सेनाकी सनी तामाङ्गले रजत, प्रदेश १ की बिनिता श्रेष्ठले र नेपाल प्रहरीकी सुनिता महर्जनले कास्य पदक हात पारिन ।

त्यसैगरि ६८ किलो भन्दा माथि तौल समुहमा नेपाल प्रहरीकी ईरिका गुरुङ्गले स्वर्ण, नेपाली सेनाकी बिभुषा थापा ले रजत,प्रदेश-१ की मिसडोना राई र लुम्विनी की दिया थाले कास्य पदक जितिन ।त्यसैगरि पुरुष तर्फ -६० किलोमा नेपाल प्रहरीका सन्तोष श्रेष्ठ स्वर्ण जित्दा गण्डकीका सक्षम लामा ले रजत,लुम्विनीका खडग थामी मगर र शसस्त्रका सुबिन खत्री ले कास्य पदक हात पार्न सफल भए । त्यसैगरि -६७ तौल समुहमा नेपाल प्रहरीका नविन रसाईली ले स्वर्ण दिलाए भने शसस्त्रका मिन वहादुर तामाङ्ग रजत,मधेस प्रदेशका कृष्ण महतो र गण्डकीका मनोज श्रेष्ठले कास्य पदक प्राप्त गरे ।

पुरुषकै -८४ तौल समुहमा बागमतीका आशिष थापा प्रथम भए भने नेपाली सेनाका शुरेश जपराल दोश्रो र नेपाल प्रहरीका स्वीकार राई र शसस्त्रका मो.शेख आलमले तेश्रो स्थानमा चित्त बुझाए ।अहिले सम्म कुल १७ स्वर्ण मध्ये १२ स्वर्ण पदकको टुङ्गो लागिसकेको छ भने बाकी ५ स्वर्ण बुधवार सम्म टुङ्गो लाग्ने कुरा ५३ ओैं राष्ट्रिय कराते प्रतियोगिताका प्रचार प्रसार प्रमुख एवम नेपाल सितोरियो कराते संघका प्रबक्ता गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले जानकारी गराउनु भयो । प्रतियोगितामा ७ प्रदेश,३ बिभागिय टिम गरि कुल १७ स्वर्णका निम्ति प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिता कार्तिक २ गतेसम्म निरन्तर सन्चालन हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *