चुनावपछि पनि गठबन्धकै सरकार : प्रचण्ड

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने दाबी गरेका छन्।

मंगलबार लतिलपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्र्दै दाहालले चार दलीय गठबन्धन चुनावसम्मका लागि मात्रै नभइ त्यसपछिको सरकारको निरन्तरताका लागि पनि भएको उल्लेख गरे।

‘चुनावसम्म मात्रै होइन, चुनावपछिसम्म पनि गठबन्धन झन बलियो बन्दै जानुपर्छ, दाहालले अगाडि भने, ‘मंसिर ४ पछि पनि हाम्रै सरकार बन्छ। त्यो सरकार बनेपछि आर्थिक विकास, पर्यटन विकासमा काम गर्नेछौँ। काठमाडौँ उपत्यकालाई व्यवस्थित शहर बनाउने छौँ।’

एमाले नेतृत्वको राप्रपा, जसपासहितको गठबन्धन पवित्र र संविधान विरोधी भएको आरोप दाहालले लगाए। उनले राजावादी लाइन बाक्ने राप्रपाप्रति संकेत गर्दै एमाले नेतृत्वको गठबन्धनमा भएका अनुहार हेर्दा धेरै कुरा बुझ्न सकिने भन्दै कटाक्ष गरे।

दाहालले भने, ‘राजावादीहरु कस्ता भाषा बोल्ने? त्यहाँ कस्ता खालको गठबन्धन छ? हाम्रो गठबन्धन भनेको संविधानको रक्षा गर्नु हो, देशको रक्षा गर्नुे उद्देश्यले बनाइएको हो। यो गठबन्धन बनाउन हामी सबैको योगदान छ।’

उनले शान्ति सम्झौतासँगै दलहरुको सहकार्य सुरु भएको उल्लेख गर्दैै २०४६ सालको जनआन्दोलनलाई स्मरण गरे। ‘निरंकुशताविरुद्ध १२ बुँदे सहमति गरौँ। सहमति हुने गर्दै गर्दा त्यो बेला पनि नेपालमा गणतन्त्र, संघीयता नेपालमा सम्भव छैन भन्ने पनि थियो। बयलगाढ चढेर अमेरिका जानु भन्ने थियो, दाहालले भने।

उनले विस्तृत शान्ति सम्झौता गर्दा माधव नेपाल र शेरबहादुर देउवाको पनि भूमिका रहेको उल्लेख गर्दै गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेर एक अर्काको चिन्हमा मत हालिसकेको दोहो¥याए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *