अध्यक्षद्वय ओली, प्रचण्ड र माधव कुमार नेपालबीच बालुवाटारमा छलफल हुने

खवर पाटी (खोज खबरको अभियान)

साउन १ काठमाण्डौं । असार १० पछि निरन्तर विवादमा रहेको नेकपा भित्र सहमतिको प्रयास स्वरुप आज शीर्ष तीन नेताबीच छलफल हुदैछ ।
अध्यक्ष केपी ओली, प्रचण्ड र माधव कुमार नेपालबीच बालुवाटारमा छलफल हुने भनिएको छ ।

बुधबार पनि अध्यक्षद्वय ओली र दाहालबीच भेट भएको थियो। तर, निष्कर्ष ननिस्किएपछि नेता नेपाल सहित भेटवार्ता गर्ने तय भएको थियो ।

असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवशेन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ ।

पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी छ । नेकपाका दुई अध्यक्ष १८ असार यता सात पटक बालुवाटारमा वार्तामा बसे पनि निष्कर्ष आउन सकेको छैन ।

नेताहरु सहमति जे भए पनि भोलीको स्थायी समिति बैठक बस्ने वातावरण बनाउने पक्षमा रहेको बुझिएको छ ।

Facebook Comments Box