एशियाडको लागि कराते छनौट शुक्रवार

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

मित्र राष्ट्र चीनको हाङझाउमा आगामी सेप्टेम्वरमा हुन गईरहेको १९ ओैं एशियन गेम्सको लागि कराते खेलको खुल्ला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रवार देखि शुरु हुने भएको छ । पुरुष तर्फ -६०,-६७,-७५,-८४,+८४,एकल काता र महिला तर्फ -५०,-५५,-६१,-६८,+६८ र एकल काता गरि १२ वटा ईभेन्टसमा प्रतिस्पर्धा गराईनेछ । छनौटमा परेका तौल समुहका खेलाडीहरु मध्येवाट अन्तिम छनौट गरि पुरुष तर्फ ४ र महिला तर्फ ४ ईभेन्टस गरी नेपालको तर्फवाट जम्मा ८ वटा ईभेन्टसमा सहभागी हुनेछन ।

त्यसैगरी उक्त छनौट प्रतियोगितामा सहभागि हुन निम्नानुशार मापदण्ड पनि तोकिएको छ । प्रतियोगितामा सहभागि हुन १३ ओै साग गेम्समा सहभागि सम्पुर्ण खेलाडीहरु, राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित नवौ राष्ट्रिय कराते प्रतियोगिता-२०७९ मा सहभागि खेलाडी तथा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा पदक बिजेता खेलाडीहरुले सहभागि हुन पाउने मापदण्ड तय गरिएको छ । शुक्रवार परिवर्तित WKF र AKF को नियम बारे रेफ्री रिफ्रेशर तथा खेलाडी दर्ता,तौल लिने र शनिवार देखि राष्ट्रिय छनौट प्रतियोगिता कराते एकेडेमी सातदोबाटोमा हुने नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराउनुभयो । प्रतियोगिता आईतवार सम्म सन्चालन हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *