कार्तिक २६ गते दहचोक म्याराथन हुने

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अगामि कार्तिक २६ गते शनिबार ‘दहचोक म्याराथन २०७९’ दौड प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता चन्द्रागिरि ईनोभेटिभ ग्रुपले आयोजना गर्न लागेको हो । करिव ५.५ किलोमिटर दुरीको दौड मा महिला तथा प्ुरुष दुवै समुहले सहभागीता जनाउन सक्नेछन् । विहान करिव ८ बजे शुरु हुने प्रतियोगिता चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकको केउरानी वनदेखि इन्द्रस्थानको सेरोफेरोमा संचालन गरिने कार्यक्रम चन्द्रगिरि इनोभेटीभ ग्रुपका अध्यक्ष सुवास गिरीले बताए । दहचोक र इन्द्रस्थान वरपरको प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनको उद्देश्यले दौड कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा सहभागीता जनाउन यस लिंकमा क्लिक गर्न सकिनेछ । 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *