नेपाल टी-ट्वान्टीः फार वेस्टको पहिलो जित

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत फार वेस्ट युनाइटेडले पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा फार वेस्टले काठमाडौँ नाइट्सलाई ४ विकेटले पराजित गरेको हो ।

काठमाडौँले दिएको ९९ रनको लक्ष्य फार वेस्टले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । फार वेस्टको जितमा हसमतुल्लाह शाहिदीले ४९ बलमा ५० रनको योगदान गरे । उनले ३ चौका र २ छक्का प्रहार गरे । काठमाडौँका अनिल खरेलले सर्वाधिक २ विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनमात्र जोडेको थियो । उसका लागि अलेक्स ब्लेकले अविजित ४५ रन बनाए ।

फार वेस्टका उमाइर अलीले सर्वाधिक ३ तथा भुवन कार्की र हसमातुल्लाह शाहिदीले २-२ विकेट हात पारे । यसअघि काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो । फार वेस्ट भने लुम्बिनी अल स्टार्ससँग ६७ रनले पराजित भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *