क्यान्सर पिडित तामाङलाई आर्थिक सहयोग हस्तान्तरण

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । ट्रमा सेन्टरमा विगत एक महिनादेखि उपचाररत रहेकी क्यान्सर पिडित महिला रिता तामाङलाई नेपाली कांग्रेस नुवाकोट संगठन विभागले आर्थिक सहयोग उपलब्ध गराएको छ । संगठन विभागको पहलमा संकलन गरिएको ३० हजार नगद बिहिबार अस्पताल पुगेर नुवाकोट कांग्रेस सचिव एवं संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले हस्तान्तरण गर्नुभयो । नुवाकोट जिल्लाको बेलकोट गढी नगरपालिका वडा नं ९ निवासी रिता तामाङ लामो समयदेखि क्यान्सर पिडित विरामी हुन् । अहिले उनको उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेको उनको उपचारमा धेरै खर्च आवश्यक परिरहेकोले आर्थिक संकलन गरेर सहयोग गरेको श्रेष्ठले जानकारी दिनुभयो । तामाङको उपचारका लागि हरिवंश ढकाल, सुरेन्द्र मुड्भरी, रामशरण वस्ति, कृष्ण भट्ट, कृष्ण न्यौपाने, राम राजा बोगटी, सुरज सिलवाल, जगत तामाङ, सबिन श्रेष्ठ, निरज चित्रकार, किरण मग्राती, श्रीराम श्रेष्ठ, कबिन्द्र, कारन्जित, रबिन्द्र अर्याल, रामबाबु राम, रामचन्द्र ढुङेल लगायतले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *