छोड सताउन भन्दै सरिता र ओमले नचाए दर्शक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा गत २५ पुसबाट जारी प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१मा आफ्ना गीत प्रस्तुत गरेर गायिका सरिता भारतीले दर्शकलाई नचाएकी छिन् । शनिबार गायिका सरिता भारतीले महोत्सवमा सहभागी दर्शकहरुलाई आफ्ना गीत संगीत मार्फत छमछमी नचाएकी हुन् । महोत्सवमा शनिबार दिउँसो ३ बजेबाटै सांगीतिक कार्यक्रम सुरु भएको थियो । सो सांगीतिक कार्यक्रम बेलुका ८ः३० बजेसम्म चलेको थियो । सोही क्रममा महोत्सवको सांगीतिक कार्यक्रममा गायिका सरिता भारती अर्का गायक ओम सुनारसँग मञ्चमा उत्रिईन । यि दुईले आफुहरुको नयाँ लोक गीत छोड सताउन…सो कार्यक्रममा प्रस्तुत गरे ।
दुई साता अघिमात्र सरिता र ओमको युगल स्वरमा लोक गीत छोड सताउन… बजारमा आएको हो । यो गीत अहिले चर्चामा छ । सरिता र ओमले छोड सताउन गीत प्रस्तुत गर्दा महोत्सवमा सहभागी हजारौं दर्शकहरु छमछमी नाचेका थिए । कार्यक्रममा सरिता र ओमलाई यो गीतमा दर्शकहरुले पनि स्वरमा साथ दिएका थिए । गीत सकिएपछि दर्शकले ‘वान्स मोर’ भन्दै पुन गाउन अनुरोध गरे । तर गायक ओम र गायिका सरिताले अर्को गीत आमैले भन्थे धाराको पानी…सो महोत्सवमा प्रस्तुत गरे । यो गीतमा पनि दर्शकले लगातार नृत्य गर्दै उनीहरुलाई साथ दिएका थिए । गत दशैंपछिबाटै गायिका सरिता यो वर्षको विभिन्न मेला महोत्सवमा आफ्ना गीत संगीत प्रस्तुतिमा व्यस्त छिन् । माघमा अरु महोत्सवमा पनि आफुहरुले गायन प्रस्तुत दिने पनि सरिताले बताईन् । गायक ओमले पनि आफुले विभिन्न मेला महोत्सवमा प्रस्तुति दिईरहेको बताएका छन् ।
महोत्सव निकै सफल भएको आयोजक एवम् राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष बरिष्ट गायक नमराज ढुँगानाले बताए । श्री स्वस्थानी मेलाको असवर पारेर आयोजना गरिएको यो महोत्सवमा दैनिक किनमेल गर्नेहरुको निकै भिड लाग्ने गरेको पनि उनले बताए । महोत्सवका संयोजन तथा कार्यक्रम सञ्चालन गायक सुवास महतले गर्दै आएका छन् । माघ ६ गतेबेलुकासम्म जारी रहेको प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१ को आयोजना राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपाल र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.ले सँयुक्त रुपमा गरेको हो । स्वच्छ, सफा हरभरा कागेश्वरी मनोहरा, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने हाम्रो अभिभारा भन्ने मूल नाराका साथ आयोजित यो महोत्सवमा दैनिक विभिन्न चर्चित कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिईरहेका छन् ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *