‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ असोजमा

मनोरञ्जन समाचार
खवर पाटी (खोज खबरको अभियान)
 काठमाडौ. १९ साउन । आगामी असोजको अन्तिम साता काठमाडौंमा आयोजना हुने ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’को फारम भर्ने समय साउन १५ बाट साउन मसान्तसम्मलाई निर्धारण गरिएको छ । समयअबधि भित्र फारम भरेर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ मा भाग लिन गीत, संगीतका विभिन्न बिधामा आबद्ध सम्पुर्ण कलाकारहरुमा आयोजक संस्थाले आव्हान गरेको छ ।
आयोजक संस्था कर्णाली कलाकार समाजले बिगतमा धेरै ठुलाठुला प्रोग्राम, महोत्सव, सास्कृतिक कार्यक्रम राजधानी काठमाडौ देखि देशका बिभिन्न जिल्लामा सम्पन्न गरिसकेको छ । संस्थाले सम्माननिय उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीको प्रमुख आथित्यतामा अग्रज कलाकारहरु लगायत बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिसकेको छ । निश्पक्ष रुपमा आयोजना हुने यो अवार्डमा निर्णायक मण्डलको सहि मुल्यांकनसं एस.एम.एस. भोटिङबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिइने छ, ५० प्रतिशत निर्णायक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय रहने संस्थाका अध्यक्ष मोहन रोकायाले जानकारी गराएका छन् । कार्यक्रममा सहभागि हुन ईच्छुक उपत्यका बाहिर रहनु भएका श्रष्टाहरुले आफ्नो गीतको लिङ्कसंगै फारम चार्ज ईसेवा मोवाईल बैंकिङबाट पठाएर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ मा भाग लिन सकिने छ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *