सितोरियो करातेको केन्द्रिय अधिवेशन भाद्र तेश्रो साता हुँदै

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

नेपाल सितोरियो कराते संघले महत्वपुर्ण निर्णय सहित आफ्ना भावी निति,कार्यदिशा,योजना र स्पष्ट लक्ष सहित ४७ ओैं केन्द्रिय बैठक सम्पन्न गरेको छ । संघको केन्द्रिय कार्यालय दशरथ रंगशाला त्रिपुरेश्वरमा बसेको ४७ ओै बैठमा संघले आफ्ना भावी लक्ष,योजना र उदेश्य सहितका महतवपुर्ण निर्णय गर्ने कार्यहरु सार्वजनिक गरेका हुन । नेपाल सितोरियो कराते संघले खेलकुद ऐन -२०७७ र नेपाल कराते महासंघको संशोधित बिधान अनुशार जिल्ला,प्रदेश र केन्द्रिय कार्यसमिति पुनर्गठन गरि ,हालको बिधान संशोधन सहित केन्द्रिय अधिवेशन ( निर्वाचन ) आगामी भाद्र तेश्रो साता अर्थात भाद्र २० गते बुधवार गर्ने निर्णय गरेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराउनुभयो । उक्त निर्वाचनको लागि एशियन प्यासिफिक सितोरियो करातेका टेक्निकल डाईरेक्टर सिहान वाङ तोङ सेङ, एशियन प्यासिफिक सितोरियो करातेका उपाध्यक्ष रिकी योङ र नेपलमा सितोरियो करातेका संस्थापक तथा प्रथम प्रमुख प्रशिक्षक थानेश्वर राई लाई अन्तराष्ट्रिय पर्यबेक्षकको रुपमा निमन्त्रणा गर्ने निर्णय गरेको नेपाल सितोरियो कराते संघका संरक्षक युवराज लामाले बताउनुभयो । त्यसैगरि उक्त अधिवेशनका निम्ति आर्थिक संकलन, बिधान संशोधन,स्थान,ईण्डोनेशियामा आगामी सेप्टेम्वरमा हुने एशियन प्यासिफिक कराते प्रतियोगितामा सहभागी लगायतका महत्वपुर्ण जिम्मा संयोजकको रुपमा संघका अध्यक्ष दावा गुरुङ्गलाई जिम्मेवार दिने निर्णय गरेको छ । यस अघि नै अर्थात ४६ ओैं बैठकमा संघले मुलुकभरिका प्रत्येक वडा,पालिका,प्रदेश र केन्द्रमा पदाधिकारी तथा सदस्य राख्ने निर्णय गर्दै प्रत्येक कमिटीमा एक महिला सदस्य अनिवार्य राख्ने पनि निर्णय गरेको छ ।

साथै कराते भित्र मौलाएको बिकृतीलाई रोक्न केन्द्र,प्रदेश र जिल्लामा ग्रेडिङ्ग कमिटी निर्माण गर्ने र क्रेडिट आवर पुगेका खेलाडी तथा प्रशिक्षकहरुलाई तत्काल ग्रेडिङ्ग गराउने समेत निर्णय गरेको छ भने बिगत देखि अबैधानिक रुपमा केही नक्कली प्रमाण पत्र बितरण गर्दै आएका केही अराजक समुहलाई उनिहरुको गतिविधि परिवर्तन नगरेमा कानुनी उपचारका लागि सम्वन्धित निकायमा पत्रचार गरी कारवाही गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ । साथै बिगतमा अबैधानिक ब्यक्तीहरुले ग्रेडिङ्ग गरि प्रदान गरेको प्रमाण पत्र लाई कुनैपनि मान्यता प्रदान नगरिने संघले निर्णय गरेको छ । त्यसैगरि नेपाल सितोरियो कराते संघले आफ्नो आयोजनामा भएको कराते प्रतियोगिता लगायत कुनैपनि कार्यक्रममा अन्य बिधाका करातेलाई सहभागी नगराउने र अन्य बिधाका करातेले आयोजना गरेको कुनैपनि कार्यक्रममा सहभागी नगर्ने / नगराउने समेत निर्णय गरेको छ,यदि संघको निर्णय बिपरित सहभागी भएको पाईमा संघले तुरुन्त कार्वाही गर्नेछ भने नेपाल कराते महासंघले आयोजना गरेको कार्यक्रममा संयुक्त सहभागी जनाउन सक्ने निर्णय गरेको नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले बताउनुभयो ।

साथै संघले आगामी दिनमा सितोरियो करातेलाई बलियो ,शसक्त,ब्यवस्थित र चलायमान बनाउनका निम्ति,बिभिन्न शिर्षकमा जस्तै,डोजो दर्ता शुल्क,नविकरण शुल्क,खेलाडी दर्त शुल्क,ग्रेडिङ्ग शुल्क,सिफारिश शुल्क,कार्यक्रम आयोजना शुल्क,रेफ्री दर्ता शुल्क,प्रशिक्षक प्रशिक्षण शुल्क,प्रशिक्षक लाईसेन्स र प्रशिक्षक परिचय पत्र शुल्क समेत निर्धारण गर्ने प्रस्ताव पारित गरिसकेको छ । यस अघि २०६८ सालमा भएको केन्द्रिय निर्वाचन पछि, संघले २०७२ सालको महा भुकम्प,त्यसपछि बिश्व महामारी कोरोना भाईरस लगायत बिविध कारणबश केन्द्रिय निर्वाचन गर्न सकिरहेको थिएन । संघको कार्यकाल ४ बर्ष रहने खेलकुद ऐन-२०७७ मा स्पष्ट पारिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *