५३ ओैं राष्ट्रिय कराते शुरु,पहिलो दिन ३ स्वर्णको छिनोफानो

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)
पर्वत । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत ५३ ओैं राष्ट्रिय कराते प्रतियोगिता आज ( २९ असोज )बाट पर्वत जिल्लाको कुश्मा मा शुरु भएकोछ । कार्यक्रमको ओैपचारिक उदघाट्न राखेप सदस्य सचिव टंकलाल घिसिङ्ग ज्युले एक कार्यक्रम बिच उदघाटन गर्नुभयो । आज पहिलो दिन ३ स्वर्णको छिनोफानो भयो। जस अन्तर्गत नेपाली सेनाले महिला टिम काता तर्फ (संगिता मगर,रिना श्रेष्ठ र सानुमाया थिङ्ग ),शसस्त्र प्रहरीका स्वणिम मानन्धरले पुरुष एकल काता तर्फ र नेपाल प्रहरीकी चन्चला दनुवारले महिला एकल काता तर्फ स्वर्ण पदक दिलाए ।प्रतियोगितामा ७ प्रदेश,३ बिभागिय टिम गरि कुल १७ स्वर्णका निम्ति प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिता कार्तिक २ गतेसम्म निरन्तर सन्चालन हुनेछ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *