नुवाकोट साइक्लिङ संघ गठन

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

विदुर । नुवाकोट साइक्लिङ संघ गठन वागमति प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् अन्तरगत रहेको साइक्लिङ संघ नुवाकोटमा गठन गरिएको छ । उक्त गठन भेलालाई संवोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले साइक्लिङ संघ गठनभएपछि यस खेलका खेलाडि उत्पादन र खेलको विकास गर्न थप महत्वपूर्ण हुने बताउनु भयो । उहाँले साइकल चलाउँदा उच्चतम व्यायाम पनि हुने भएकाले नियमित साइकल चलाउँदा तौल घटाउन र शरिरलाई स्वस्थ राख्न उपयुक्त व्यायाम भएको बताउनु भयो ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारा सार्थक पार्न उपस्थित साइक्लिङका पारखिहरुमा अनुरोध समेत गर्नुभयो । भेलाले कर्णबहादुर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष कैलाश श्रेष्ठ, सचिव सुनिल विष्ट र कोषध्यक्ष समिता श्रेष्ठ रहनु भएको छ । यस्तै सदस्यहरुमा कुमार श्रेष्ठ, हरिबंश ढकाल र कविन्द्र कारञ्जित छन् । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सदस्य गोरेबहादुर मिजार, महाधिवेशन प्रतिनिधि उपेन्द्र मिश्र, ट्रेड युनियन कांग्रेस नुवाकोटका उपाध्यक्ष रामराजा बोगटी, वडा सभापति रामचन्द्र रिमाल, रामशरण थापा लगायतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
सर्वसम्म निर्वाचित अध्यक्ष कर्णबहादुर श्रेष्ठले आफूहरुले संस्थागत रुपमा साइकल संघ दर्ता गरी अगााडि बढ्ने योजना भएपनि दर्ताको प्रकृयामा साइक्लिङ संघ गठन गरेकोमा आभार व्यक्त गर्नुभयो । यसैगरी सचिव सुनिल विस्टले आगामि दिनमा विभिन्न राष्ट्रिय पर्वहरुमा चेतनामुलक साइकल ¥यालीका साथै सामाजिक गतिविधि र सकारात्मक सोचका कार्यक्रमहरु गर्दैजाने जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *