गठबन्धनका शीर्ष नेताले काठमाडाैँमा प्रशिक्षण दिने

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ – सत्तारुढ गठबन्धनले काठमाडाैँमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडाैँ- २ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवम् माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन् ।

उनका अनुसार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *