दुबईमा ‘चौथो प्रियसी धमका २०२३’ सम्पन्न, नेपाली कलाकारको बेजोड प्रस्तुती

प्रवास समाचार
खवर पाटी (खोज खबरको अभियान)
अक्टोवर १ तारिकका दिन बरदुबईको याक एण्ड यति एभरेष्टमा ‘चौथो प्रियसी धमका २०२३’ बिबिध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट राष्ट्रिय स्तरका कलाकार देखि प्रवासी नेपाली कलाकारहरूको समेत बेजोड सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा कलाकर्मीहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । नेपाली कला सँस्कृति, भाषा, सम्पदाको संरक्षण प्रबद्र्धनका लागि बिश्व बजारसम्म पुराउने अभियानका साथ प्रियसी म्युजिक प्रालिले ‘चौथो प्रियसी धमका २०२३’ दुबईमा आयोजना गरेको हो । कार्यक्रमलाई सभ्य र भव्य बनाउनुन दुवई स्थित आयोजक समितिका पुर्णिमा घिसिंग, नुवाकोट सेवा समाज युृएुईका अध्यध्क्ष नविन कार्की, दोलखाली सेवा समाज युएइका अध्यक्ष सुनिल श्रेष्ठ, काभ्रे सेवा समाज युएईका अध्यक्ष गोविन्द पन्त लगायतका व्यक्तित्वहरुको ठूलो भूमिका रहेको छ । कार्यक्रममा सर्वोत्कृष्ट अवार्ड पाउनेहरुमा दुर्गेश थापा बेष्ट मोडेल पब्लिक च्वाइस, सागर लम्साल ‘बले’ बर्षकै सर्वोत्कृष्ट मोडेल आधुनिक गीत, कृष्ण जोशी हाँस्यकलाकार, कृष्ण तामाङ नृत्य मोडेल, एलिजिबा पुर्जा पुन मौलिक थाली नृत्य, ईश्वर लामा अभिनेता भाषाभाषी फिल्म, जेभिन जेभेस बालकलाकार, रचना गौतम आधुनिक मोडेल, शान्ती कुमारी शाही लोकदोहोरी, नरेश बुढाथोकी आधुनिक गायक, सुनिल सागर लोक दोहोरी शब्द, प्रकाश पुरी आधुनिक कलाकार आदि रहेका छन् । एभेन्ट मेनेजमेन्ट राजेन्द्र पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि टीका पुन, कार्यक्रम सयोजक अमन श्रेष्ठ रहेको थियो ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *