श्री गोरखकाली वहुउद्देश्यीयको साधारण सभा सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै श्री गोरखकाली वहुउद्देश्यीय सहकारी संस्था लि. ले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । थापागाउँ बानेश्वर काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष कृष्ण धितालद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को प्रतिबेदन, कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिबेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिबेदन, लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, आ.व. २०७८/०७९ मा संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०७९/०८० को अनुमानित बजेट तथा कार्य योजना सम्बन्ध, कोष बाँडफाँड तथा लाभाँश वितरण सम्बन्ध, संस्था एकीकरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी २ करोड ७६ लाख १० हजार ९ सय रुपैयाँ, निक्षेप ८ करोड ४० लाख ८५ हजार ५ सय ९३ रुपैयाँ, भुक्तानी बाँकी दायित्व २९ लाख १७ हजार ३ सय ७८ रुपैयाँ, जगेडा कोष २३ लाख १० हजार ४ सय १५ रुपैयाँ, अन्य कोष ४५ लाख १० हजार ३ सय १५ रुपैयाँ, कर्जा जोखिम व्यवस्था ३४ लाख ७८ हजार १ सय ३० रुपैयाँ, मुल्तबी हिसाब १ करोड ४१ लाख ६ हजार ९ सय ५० रुपैयाँको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार १३ करोड ९० लाख १९ हजार ६ सय ८२ रुपैयाँको भएको छ । साथै विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *