काठमाडौं । हालै एक कार्यक्रम गरि को–म्हेन्दो बचत तथा ऋण सहकारी संस्था लि. ले बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बालुवाटार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष सत्य प्रधानद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रतिबेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिबेदन, स्पतन्त्र लेखा परिक्षकको प्रतिबेदन, आगामी आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संस्थाको भावी रणनीति, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ८१ लाख १४ हजार ५ सय रुपैयाँ, जगेडा कोष १ लाख २४ हजार ८ सय ४१ रुपैयाँ १० पैसा, वैधानिक तथा कोषहरु २ लाख ४७ हजार ४ सय रुपैयाँ ८६ पैसा, बचत तथा निक्षेप दायित्व २६ करोड ५६ लाख ५८ हजार १ सय १४ रुपैयाँ ८६ पैसा, चालु दायित्व तथा व्यवस्था ५ लाख १८ हजार १ सय ९० रुपैयाँ ४८ पैसा, कर्जा नोक्सानी व्यवस्था २२ लाख ८७ हजार ९ सय ५४ रुपैयाँ ८६ पैसा, आयकर दायित्व २३ हजार २ सय ४६ रुपैयाँ ७९ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार २७ करोड ७२ लाख ७४ हजार २ सय ४८ रुपैयाँ ९७ पैसाको भएको छ । साथै विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।
Facebook Comments Box