४०० भन्दा बढी गरिव तथा असहायलाइ निशुल्क खाना वितरण

खवर पाटी (खोज खबरको अभियान)
काठमाडौँ । मुलुक कोरोना भाइरसको संक्रमण नियन्त्रण नाममा अझै पनि अर्ध लकडाउन जस्तै छ। लामो समयको लकडाउनको कारण विशेष गरि गरिव असाहाय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन् । सोहि समस्यालाई मध्यनजर गर्दै अमेरिका बस्ने मोहन बिर गुरुङ ले पुष ११ गते शनिबार निशुल्क खानाको व्यवस्था गरिएको हो । सरस्वती(माया) खड्काको पहलमा गुजेश्वोरी स्थित राजु शेर्पाले संचालन गरेको नि:शुल्क खाना खुवाउने कार्यक्रम करिब ४०० भन्दा बढी मानिस हरुको उपस्थित रहेको थियो ।
उक्त खान खुवाउने कार्यक्रममा सामाजिक अभियेन्त पुने गौतम, दैनिक पत्रिका संजालको महासचिब राम खड्का, उपत्यका प्रेदेश सचिब बिष्णु आचार्य, चाबी दाई लगाएको उपस्थित रहेको थियो। खानै नपाएर मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनको लागि विहान बेलुका हातमुख जोर्न समस्या भएका मानिसहरुलाई भोकोपेट वस्न नपरोस् भनेर एक छाक भए पनि आफ्नु सोर्गीय बुबा सर्वा सिङ्ग गुरुङ र आम चम्सरी गुरुङ को पुण्य तीथिमा छोरा मोहन बिर गुरुङ र गम बहादुर गुरुङले निशुल्क खाना वितरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
लकडाउनको समयमा विभिन्न संघसस्थाहरुले दैनिक ज्याला मजदुरी गरि गुजारा चलाउने मानिसहरुको लागि विभिन्न ठाउँमा निशुल्क खाना खुवाउने कार्यक्रम आयोजना हुँदै आएको छ । अमेरिकाको वासिंगटन बस्ने मोहन बिर गुरुङले नेपालको हरेक क्षेत्रमा बिगत लामो समय देखि सहयोग गर्दै आउनु भएको छ।
Facebook Comments Box