लुम्बिनी विकास बैंक को १५ औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत मंगलबार आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८÷७९को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९÷८० को लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरुसंगै शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर सहित कुल १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५आंै वार्षिक साधारण सभामा आ.ब. २०७८÷७९को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पार्नु भएको थियो ।

साथै, १५औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरुको तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट गणेश राज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्बिरोध निर्वाचित हुनुभयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालनगरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र एक एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *