अन्नपूर्ण बहुमुखी सहकारीमा बस्नेतको नेतृत्व

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । शनिवार अन्नपूर्ण बहुमुखी सहकारी संस्था लि.गठ्ठाघर भक्तपुरले छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
गठ्ठाघर भक्तपुरमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९÷०८० को आर्थिक प्रतिवेदन तथा आ.व. २०८०÷०८१ को अनुमानित आय÷व्याय विवरण, सुपरिवेक्षण समितिको प्रतिवेदन, आ.व. २०८०÷०८१ को लागि लेखा परिक्षक नियुक्त सम्बन्ध, लाभंश वितरण, संस्था मर्जर गर्ने सम्बन्ध, निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ । साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार चालु आ.व. मा संस्थाको शेयरपूँजी ९ करोड ६० लाख १ हजार ६ सय रुपैयाँ, कोष हिसाव तथा अन्य व्यवस्था ७ करोड ५९ लाख ९१ हजार ५ सय ६६ रुपैयाँ २० पैसा, बचत तथा निक्षेप ५४ करोड ३८ लाख ८२ हजार ७ सय २१ रुपैयाँ ९७ पैसा, ऋण हिसाव १२ करोड ६० लाख ५८ हजार ३ सय ४८ रुपैयाँ ५ पैसा, चालु दायित्व १ करोड २४ लाख २२ हजार ५ सय २२ रुपैयाँ ३८ पैसाको भएको छ भने, चालु आ.व. मा संस्थाको जम्मा कारोवार ८४ करोड ८९ लाख ५६ हजार ७ सय ५८ रुपैयाँ ६१ पैसाको भएको छ । साथै साधारण सभाले संस्थाका संचालक समिति सदस्य तथा पूर्व सचिव श्याम सुन्दर बस्नेतलाई आगामी कार्यकालका लागि संस्थाको अध्यक्षमा चयन गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *