‘छोराछोरी विदेशी भूमिमा’ सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी विदेशी भूमिमाको भिडियो दर्शक समक्ष ल्याएका छन् । ७ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या बारेमा यो गीतमा लेखेका हुन् । गीतलाई बाल कलाकार जेनिश उप्रेतीले गाएका छन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।
भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको छ । गीतबारे निर्देशक तथा गीतकार सुमनले भने, ‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरूले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’मूलत यो गीतमा छोराछोरी विदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै विदेशमै रहेकाहरूको नानीबाबु र उनीहरूको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा पवन गौतमको छायांकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकास सुवेदीको प्राविधिक सहयोग, उत्सव उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो । भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उनीहरूलाई स्थानीय बालबालिकाहरू सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोइराला, दर्शना कोइराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन् । सुमन विदेशमा रहेर पनि नेपाली कला , संस्कृतिको प्रवर्द्धनमा सक्रिय छन् । नेपाली फिल्मका निर्देशक रहेका सुमनले पत्रकारिता , निर्माण लगायतका विविध विधामा समेत नेपाल रहँदा सक्रियता देखाएका थिए ।
https://www.youtube.com/watch?v=U3iA4h991lE
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *