व्यवसायीहरुद्धारा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन, प्रदर्शनकारीलाई तितरवितर पार्न लाठीचार्ज र पानीको फोहोरा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ : लकडाउनको अवधिमा कर छुट गर्नुपर्ने, लकडाउन खुलाउनुपर्ने लगायत माग राख्दै साना तथा मझौला व्यवसायीहरु आन्दोलित बनेका छन् ।

लकडाउनका बेला आफूहरुलाई व्यवसाय बन्द गर्न लगाएर कर तिर्न बाध्य बनाएको भन्दै व्यवसायीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । व्यवसायीहरुसँगै नागरिक अभियन्ताहरु समेत सरकारले लकडाउनका बेला पनि भ्रष्टाचार गरेको भन्दै प्रदर्शनमा सहभगी बनेका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले गत साता मात्रै व्यवसायीहरुले कर तिर्नुपर्ने बताएका थिए । असार ७ गतेसम्म उनीहरुले कर तिर्नुपर्ने भन्दै बाध्यात्मक गराएका थिए । तर सरकारले लकडाउन कडा गर्दै कर तिर्न बाध्य पारेकोमा व्यवसायी र सामाजिक अभियन्ताहरु आन्दोलित बनेका हुन् ।

सरकारले पछिल्लो पटक यही जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याए पनि व्यवसायीहरुले विस्तारै पसल खोल्न थालेका छन् । विभिन्न क्षेत्रबाट बालुवाटारमा मंगलबार दिउँसो भेला भएका प्रदर्शनकारीहरुले सामाजिक दूरी कायम गर्दै शान्तिपूर्ण प्रदर्शन निकाल्ने घोषणा गरे पनि प्रहरीले रोकेपछि धरपकड भएको छ । यस क्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न उनीहरुमाथि लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा वर्षाएको छ ।

 

फोटो: अन्नपूर्ण पोष्ट
Facebook Comments Box