चितवनमा दुइ महिनादेखि वन्धक बनाएर सामुहिक बलात्कार

समाचार
खवर पाटी (खोज खबरको अभियान)

चितवन । दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा चितवनमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभएको छ ।

घलानले पूर्वी चितवनको राप्ती नगरपालिका–६ आदर्शटोल स्थित माछापोखरीमा रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई दुइ महिनादेखि बलात्कार गर्दै आइरहेका प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ ।

काठमाडौँ बसेर ज्याला मजदुरी गर्दै आइरहेकी युवती गत चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आउनु भएको थियो ।  बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए । सोही दिन राति घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले जाहेरीमा उल्लेख गर्नु भएको छ ।

दुई महिना भन्दा बढी समयसम्म बन्धक बनाई बलात्कार गरेपछि युवतीमा स्वास्थ्य समस्या देखिएर घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उहाँको भाउजुले बताउनु भएको छ ।

महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि वुधबार घलाउनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवन जिल्ला अदालतबाट अनुमति लिई घलानको थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *