काठमाडौं पिंक केयरएथन वैशाख ८ गते हुँदै

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । लेजर पोर्ट नेपाल प्रा लि र नेपाल प्रहरी श्रीमती संघ नक्साल, काठमाडौंमा काठमाडौं पिंक केयरएथोनको पुनरागमन हुने भएको छ। काठमाडौं पिंक केयरएथन २०८१ वैशाख ८ गते बिहान ६ः३० देखि १०ः३० बजेसम्म हुने भएको छ । जसमा ३ किमी, ५ किमी र १० किमी दुरीमा पैदल हिंडाइ र दौड गरी तीन विधामा प्रतियोगिता हुने कार्यक्रममा जानकारी दिइयो । सुरु र अन्त्य बिन्दु प्रहरी प्रधान कार्यालय नक्साल हुनेछ र दौड पछि सहभागीहरूलाई खाजा र जुस दिइनेछ। प्रत्येक सहभागीलाई टीसर्ट र फिनिशर्स पदक प्रदान गरिनेछ। प्रत्येक विधामा प्रथम पाँच जनालाई पुरस्कार दिइनेछ, र भाग्यशाली सहभागीहरुका लागि प्रशस्त उपहारहरु पनि दिइने बताइएको छ । भारतीय अभिनेता तथा मोडल जय भानुशालीले काठमाडौं पिंक केयरएथोनको २०२४ संस्करण संचालन गर्नेछन् । सहभागीताका लागि संपूर्ण महिलाहरुले ईसेवा मार्फत दर्ता गर्न सक्नेछन् ।

काठमाडौं पिंक केयरएथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौ‌द्धिक, तथा आध्यात्मिक विकास र सशक्तिकरणको लागि आत्महेरचाह प्रवर्धन गर्ने कार्यक्रमहरूको एक श्रृंखला हो। काठमाडौंको दशरथ रंगशालामा २४ फेब्रुअरी, २०१७ मा आयोजित यसको पहिलो संस्करणले अत्याधिक प्रतिक्रिया तथा सफलता प्राप्त गरेको थियो। त्यस पछि पनि २०१८र २०१९ मा यस कार्यक्रमले २५०० भन्दा बढी महिलाहरुलाई एकसाथ ल्याउन सफल भयो र त्यसपछि विश्वव्यापी कोभिड महामारीको कारण कार्यक्रम केही वर्षलाई रोकिएको थियो । ब्रान्ड एम्बेसेडरहरू, विज्ञहरु, र विभिन्न क्षेत्रका व्यक्तिहरुको सहकार्यमा पिंक केयरएथनले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको लागि स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्दै गरेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *