दूरसञ्चार प्राधिकरणका दुई अध्यक्षसहित १९ जनाविरुद्ध ९१ करोडको भ्रष्टाचार मुद्दा

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, चैत १५ गते । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम परामर्श सेवा खरिद कार्यमा उनीहरुविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपियाँ गैरकानुनी लाभ पुर्‍याएको आरोप लागेको छ ।

प्राधिकरणका तत्कालीन निर्देशक वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवती राम पन्थ, सहायक निर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, प्रतीक्षा पौडेल र नीराजन कोइरालाको कार्यबाट आफू तथा परामर्शदाता न्युमेरा जेभीलाई सो रकम गैरकानुनी लाभ गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोप लागेको छ ।

सो रकममा फैसला हुँदाको मितिको प्रचलित डलरको विनिमय दर बमोजिमको थप रकम समेत गणना निजबाट असुल उपर गर्ने आयोगले जनाएको छ।

मुद्दाका प्रतिवादीहरू मोहद नुर अमिन बिन मोहद नुर खान, मोहम्मद सिहाब बिन कुन्ही मोहम्मद, अनुज सिं, जमिल अहमद्, कविन्द्र राज मल्लवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

कम्पनी न्योमेरा, मलेसिया, नमस्ते ग्लोबल, सिंगापुर, ओएसआइ डिजिटल प्रालि, इण्डियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २३ बमोजिम बिगो रकम असुल हुन मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *