प्रथम मिथिला राष्ट्रिय कराते शुरु

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेपाल कराते महासंघको आयोजना एवम मधेस प्रदेशको संयोजन तथा राष्ट्रिय खेलकुद परिषद र वर्दिवास नगरपालिका को सहयोगमा मधेस प्रदेश स्थित बर्दिवास महोतरीमा आज बिहिवार देखि प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको संघिय श्रम,रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शरत सिंह भण्डारीले उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि भण्डारीले खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्न राज्यले बिशेष जोडदिनु पर्ने वताउनुभयो । साथै राज्यले यो क्षेत्र युवासंग प्रत्यक्ष जोडिएको क्षेत्र भएकोले बजेट निर्धारण गर्दा बिशेष प्राथमिकतामा राख्नुपर्ने वताउदै आगामी दिनमा राज्यले बजेट निर्धारण गर्दा आफुले खेल्नुपर्ने भुमिकामा कुनै कसर नराख्ने वताउनुभयो । नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्गको सभापतित्वमा सन्चालित उक्त उदघाटन कार्यक्रमलाई नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले उपस्थित सबैलाई स्वागतगर्दै स्वागत मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न राजनिति दलका नेता,सांसद,उक्त क्षेत्रका नेपाली सेनाका प्रमुख,सशस्त्र प्रहरी प्रमुख,नेपाल कराते महासंघका उपाध्यक्षहरु मजेन्द्र सिंह,प्रकाश धौवडेल,मकेन्द्र वहादुर सिंह,ओम प्रसाई,सचिव वि.आर मित्र,सम्पुर्ण पदाधिकारीहरु,नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ सातै प्रदेशका प्रमुखहरु,जिल्ला प्रमुखहरु,राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रीहरु लगायत बाक्लो रुपमा करातेकर्मीहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा नेपाली सेना,सशस्त्र प्रहरी,सहित ७ प्रदेशका टोलीले २१ वटा स्वर्ण पदकका निम्ती प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता शनिवार सम्म चल्नेछ ।प्रतियोगिता उदघाटन अघि करिव १ हजार ५ सय करातेकर्मी सहितको टोलीले बर्दिवास नगरमा सशस्त्र प्रहरी टोलीको ब्याण्डवाजा सहित प्रभातफेरी गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *