भारतीय मूलका ऋषि सुनक बेलायतका प्रधानमन्त्री नियुक्त

विश्व समाचार
खवर पाटी (खोज खबरको अभियान)

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतका प्रधानमन्त्री नियुक्त भएका छन्। बेलायतका राजा चार्ल्सले आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ।

सोमबार कन्जर्भेटिभ पार्टीको नेता चयन भएका सुनकले आज बकिङ्घम प्यालेसमा राजा चार्ल्ससँग औपचारिक भेट गरेका थिए। उनी बेलायतको ५७ औँ प्रधानमन्त्री हुन्।

लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ दिनमै पदबाट राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीबाट सुनक प्रधानमन्त्री बनेका हुन्। यसअघि कन्जर्भेटिभ पार्टीबाट पेनी मोर्डन्टले पनि प्रधानमन्त्रीको दौडमा दाबेदारी पेश गरेकी थिइन्। उनले अन्तिममा आफ्नो दाबेदारी फिर्ता लिएर सुनकलाई समर्थन गरेकी थिइन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *