उन्नत लोकतन्त्र पार्टीले गर्यो जनतासँग तमसुक

समाचार
खवर पाटी (खोज खबरको अभियान)

आगामी वैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रीत गरेर उन्नत लोकतान्त्र पार्टी मकवानपुुरले जनतासंँग आफ्ना उम्मेदवारहरुलाई तमसुक गराउने प्रक्रिया सुरु गरेको छ । आइतबार हेटौंडाको शितलमहल चोकमा आयोजित एक कार्यक्रमा सो पार्टीको तर्फबाट हेटौडा उपमनपामहागरपालिकाका मेयर पदका उम्मेदवार अयोध्या कुमार भट्टराईले मतदातालाई तमुसुक गरी दिएका हुन् । तमसुकमा निर्वाचनमा प्रतिवद्धता जनाए अनुसारको काम विजयी भएपछि नगरेमा फिर्ता बोलाउन पाउने अधिकार मतदातालाई दिइएको भनिएको छ ।

आफूले गरेका प्रतिबद्धता पूरा नगरे जनताले आफुलाई दिएको भोट फिर्ता लिएर पदबाट रिकल ९फिर्ता बोलाउन० मञ्जुरी रहेको तमसुक मतदातालाई गरिदिएको सो पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपालले जानकारी दिए ।

सो पार्टी ले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने तमसुकमा उल्लेख गरेको छ । तमसुकमा बत्ति, पानी, स्वास्थ्य शिक्षा र भुमिहीनलाई निःशुल्क आवास उपलब्ध गराउनेसमेत उल्लेख छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष नेपालले आफूले जतततै सकारात्मक प्रतिकृया पाएकाले आफ्ना पार्टीका उम्मेदवारहरुले राम्रो मत पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *