मुग्लिन–नारायणगढ सडक अवरुद्ध, यात्रुहरु बिचैमा अलपत्र

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)
चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि बुधबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो खसेपछि रातिदेखिनै पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

 


Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *